Saturday, April 11, 2020

बच्ने आशा मरेको थियो तर बाचियो ... बाचेको पनि २ बर्ष पुगेछ l


बच्ने आशा मरेको थियो तर बाचियो ... बाचेको पनि २ बर्ष पुगेछ   l
बझांग को त्यो छेड ,  हाम्रो टोलि बाचेको याद आउछ

२०७१ साल चैत्र २०  गते मलाई हेऊचीतुवा को आधयान को टोलि नेता भइ हाम्रो टोलि काठमाडौँ बाट सुदुर पछिम को बझांगको सदरमुकाम चैनपुर  भन्ने ठाउँ मा पुगियो l हामी  चैनपुर पुगेर हाम्रो ग्रिड खोज्ने तरखरमा लाग्यौ l दुई भरिया र एक जना लोकल गाईद लीएर हामी सैपाल हिमाल को ग्रीड तिर गयौ l म संग काठमाडौँ बाट आउनु भएको wwf पर्तिनिधी लालु गुरुङ गरी हामी पाच जना थीयौ l हामी पहिलो ग्रिड देकी नै दुख पाइरहेको थीयौ किनकि त्यहाँको पहाड एकदम नमिलेको मतलब सिधै उक्लेनी अनि ठाडै झर्नु पर्ने थीयो l


मलाई तेस्रो ग्रिड मा जादा को याद आउछ कि हामी दिन भरि हीऊ मा हीडीरहेको थीयौ र राति पर्न लैसकीको हुनाले एउटा पास नजिक कै थियो र त्यो पास काटेपछि पकै नै समतल भाग छ होला भन्ने आसाले राति राति गरेर पनि पास निकै सकसले पास गरयौ तर त्यो पहाड पनि उस्तै रहेछ l मतलब ठाडै भिरोलो l  लोकल गाइड लाई मैले गाली गरे तर उसलाई पनि तेस्तो छ जस्तो लागेको थिएन भन्छ l के गर्ने बास त बस्नै पर्यो हामीले एउटा हल्का सम्मो जस्तो तर भिरालो ठाउमा हेऊ फालेर टेन्ट गाडियो l हेऊ एकदम धेरै परिरहेको छ l

लोकल गाईड ले खान पकौना लाई स्टप लानु पर्दैन दौरा पर्सस्तई छ हेऊ पर्दैन भनेर हाम्ले स्टप पनि लागेको थिएनौ l हामी हिऊ भित्र बाट दौरा निकालेउ र दौरा दुक्रएर जिन तिन आगो बाल्ने परयास गर्यौ l चामल, दाल, नुन सबै एकै ठाउमा राखेर दौरा नबलेर एक रफ्तार ले फुकेर पनि  भएन अनि लालु दाजुले चामल को बोरा नै पोलेर एक सिठी सम्म लगाउनु भो l त्यसपछि हामीले थालमा हालेर खायौ l आदि काचो रहेछ l जाडो मा पच्छ भन्छ साथी हरु हामीले खायौ निकै मिठो मानेर l


रात पर्यो , हेऊ एकदम परिरको थियो  l किचन टेन्ट मा पाच जना कोचेर सुतेम l रात भर एक जना लोकल गाईड ले टेन्ट को हेऊ फलेको फालेई गर्यो l उ रात भरि सुतेन किनकि उ सारै भिरोलो मा परेछ पनि l बिहान पनि हेऊ रोकेन l के गर्ने के l को संग सम्पर्क गर्ने सम्पर्क साधन नि थिएन l हामी टेन्ट मा बस्यौ चिसो निकै थियो l दुई दिन भैसक्यो  l हेऊ पर्न रोकिदैन l साथी हरु खानी कुरो पकौना नपाएर चामल मा चिनी हालेर चपौना थाले l   Diarrhoea चलेको धेरै भैसक्यो साथीहरुलाई काचै खाएर l तेस्रो दिन मा बिहान हल्का हेऊ रोकियो l हेऊ रोकेको भएर मैले अब निस्कनु परछ भनेर सबै समान पोको पर्न लगाए l सबै समान बोकेर हिड्न लाग्दा फेरी फुस फुस हेऊ पर्न लग्यो l तर पनि रोकिएनौ हामी l है बिहान ७ बजे हेडेको खानु केहि छैन अनि मैले स्निकर चोकलेट लुकको थिए emergency मा खानु पछ भनेर सबै लाई देए l चार वोटा ठेयो आखिर मा म र लालु दाई ले एउटा बाडेर खायौ l हामी बाटो नभेटेर पहाड को चुचो चुचो हिड्यौ l एकदम गारो भएको थियो मलाई किनकि मेरो घुडा दुखि रहेको थियो l


हाम्रो आन्तिम दिन जस्तो लागेको थियो त्यो दिन l मैले अब बचिन्न जस्तो लगेर एउटा video क्लिप खिचे l संगै गएको लालु दाजु ले नि मा नि खिचु वन्नु भो l किनकि हाम्रो आसा थिएन l रात परिसक्यो हामी कहाँ बस्ने अब बसाई गर्ने ठाउँ खोज्न लैईयो l एउटा ठुलो ढुंगा को मुनि फेरी टेन्ट गाडियो अनि त्यो रात तेही सुतेयो l निकै नै गारो भयो त्यो रात पनि l बिहान सबेरै उठेर अब निस्कौ जस्तो हेऊ पए पनि भने सबै साथी हरुले गाली गरे मलाई किनकि ३ दिन भैसक्यो खाएको केहि थिएन l मैले GPS Coordinate हेर्य , नजिक एउटा गु देकको थियो l मैले टोलि लाई अब गाउ नजिकै छ हिड्न पर्यो भनेर सबै packing गर्न लगाए l हेऊ मन्द बसेको थियो l




 बिहान घाम लग्यो l सबै जना खुसि भएर हामी हिड्न थालियो l घाम लागेपछि त हेऊ पग्लन थाल्यो l झन हिड्न गारो भयो l हामी ५ बजेको हाराहारी मा हेऊ बाट अलि तल्लो भाग मा पुग्यौ l बिहान बाट को थकाई थियो l हामी सवै भन्दा पहिला आगो बालेर खुट्टा र जुत्ता तातो बनाउन लाग्यौ l हाम्ले चिया पकाएर खायौ l किनकि त्यो ठाउमा दौरा पसस्थ थियो l हामी तेही बस्ने कि तेहा नजकै को गाउ मा बस्ने भनेर सोधे l हिमी थाकेको छौ पकौना सकिदैन सर भने साथी हरुले अनि गाउ तिर गएर बसौउ मिठो खान पनि पाइन्छ भने सबै ले l हामी हिड्न सुरु गर्यो l हामी गाउ करिब ९.३० बेलुका झर्यौ l तेस गाउ को नाम धमेना थियो l गाउ को सबै मान्छे रक्सि ले मातेका थिए l हाम्ले के हो गाउ नै सबै रक्सि खान्छन् कि भनियो l एकजना दाई जसको सानो चियो रक्सि पसल रहेछ खाना पकैदिन्छु भन्नु भो l हामी निकै खुसि भयौ l तर बस्ने ठाउँ छैन भन्नु भो l केहि छैन हाम्रो टेन्ट मै बसंला भने मैले l त्यो दाजु ले नजिकै एउटा घर बन्दै छ टेन्ट नगानुस तेही तपाई हरुको समान बिच्छाएर सुत्नुस भन्नु भो l हामी हुन्छ भनौ र दाजु रक्सि खानु भएको रहेछ l हाम्लाई मासु के को खाने भन्नु भो l मैले के के पाइनछ दाई भनेर सोधे l वहाले माछा नजिकै को खोला को बिहान लाएको अनि कुखुरा को छ भन्नु भो l मैले बाचेको खुसियाली हो दाई सबै लाई दुईतै मासु दिनु भने l अनि दाई लाई सोदे दाई गाउ को सबै मान्छे रक्सि खादा रहेछन किन हो वनेर l दाई ले हैट आज नया साल हो सर वन्नु भो l बैशाख १ गते , २०७१ सुरू भो आज बाट भन्नु भो l हामी निकै नै खुसि भयौ झन् किनकि खान एकदम मिठो खान पाईयो नया वर्षा मा l घर को निकै याद आयो अनि उसको पनि निकै याद आयो तर फोन गर्न नेटवर्क थेएन l सोचे भोलि सदरमुकाम पुगेर फोन गरम्ला सबै l हामी बाचेको खुसि मा हाम्रो साथी हरुले गाउकै नारेपा पनि खानु भो तेस्पछि त हामी मज्जा ले सुतेम l



पर्संग : बझांग मा बाचेको l 

Outdoor Education to Students conducted by NTNC ACAP, UCO Lwang and Freedom Society Nepal

Outdoor Education to Students conducted by NTNC ACAP, UCO Lwang and Freedom Social Foundation

King Cobra (Ophiophagus Hannah) राजगोमन /कालीनाग feeding on Green Pit Viper from Pokhara, Nepal

King Cobra (Ophiophagus Hannah) राजगोमन /कालीनाग feeding on Green Pit Viper from Pokhara, Nepal